गृहपृष्ठ Featured पाल्पाको रामपुरमा अटो र जिप ठोक्किएर एकको मृत्यु, तीन घाइते

पाल्पाको रामपुरमा अटो र जिप ठोक्किएर एकको मृत्यु, तीन घाइते

प्रकाशित मिति:

पाल्पा : जिप र अटो ठोक्किएर घाइते भएका निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको छ । रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको सानीअमराईमा भएको दुर्घटनामा अटो चालक ढेंगा घाइते भएका हुन् । उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि तानसेनको मिसन अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षाक तथा सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको पजप ठोक्किएको हो । दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका हुन् ।

सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार