वैखरी अनलाइन, काठमाण्डौ
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालसगं भेटघाट गरेका छन । नगरमा सिचाई कार्य ब्यवस्थापनका बिषयमा मेयर श्रेष्ठ र वडा नः १ का वडाध्यक्ष तिलक बस्नेतले मन्त्री भुसालसग। भेटघाट गरेका हुन ।
बुद्धभुमीका सबै क्षेत्रलाई सिचाई पु¥याउने उदेश्यले मन्त्री भुसाललाई भेटेर मागहरु राखीएको मेयर श्रेष्ठले वैखरी अनलाइनलाई बताए ।
नगरपालिकामा तरकारी खेतीलाई ब्यवसायिक रुपमा अपनाउनेहरु धेरै भएकाले उनीहरुका लागी र बेरोजगार युवाहरुलाई कृषीमा आत्मनिर्भर बनाउने उदेश्यले नगरका सबै क्षेत्रमा सिचाईको सुविधा उप्लब्ध गराउने उदेश्य रहेको मेयर श्रेष्ठको भनाई छ ।
छलफल निकै सकारात्मक रहेको बताउदै सिचाईको ब्यवस्थापनका लागी मन्त्री गम्भीर रहेको बताउदै आवश्यक बजेट ब्यवस्थापनका लागी आश्वासन दिएको बुद्धभुमी नगरपालिकाका प्रवक्ता तथा वडा नः १ का वडाध्यक्ष तिलक बस्नेतले जानकारी दिए ।
बिशेष गरेर डिप बोडीङ, बाध निमार्ण, र सोलार उर्जाका बिषयमा छलफल भएको बस्नेतले बताए । मन्त्रीको आफनो पुरानो गृह जिल्ला समेत रहेकाले महत्वका साथ उहाले हेरेको र केही न केही योजना पर्ने बिश्वास बस्नेतको छ ।