गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा एक बर्षको अवधिमा मात्रै झण्डै ३३ हजारले बनाए नागरिकता

कपिलवस्तुमा एक बर्षको अवधिमा मात्रै झण्डै ३३ हजारले बनाए नागरिकता

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा गत आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ३३ हजार जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार एक बर्षको अवधिमा ३२ हजार ८०४ जनाले नेपाली नागरिकता बनाएका हुन् ।

 

जसमध्ये २९ हजार ३९० जनाले बंशजको नागरिकताको प्रमाण पत्र लिएका छन् । यस्तै वैवाहिक अंगीकृत ३ हजार ४ सय जनाले र अंगीकृत १४ जनाले नागरिकता बनाएका हुन् । यस्तै प्रतिलिपी नागरिकताको प्रमाणपत्र १० हजार ६१२ जनाले बनाएका छन्।

प्रशासन कार्यालयको प्रशासन फाट अनुसार एक वर्षमा ६ हजार ६७७ जनाको राहदानी वितरण गरिएका छन्।

यस्तै द्रुत राहदानीका लागि २ हजार ८७० जनाले सिफारिस लगेका छन् । नागरिकता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटा बन्ने गरेको छ।

राहदानी भने जिल्ला प्रशासन कार्यालयमा मात्र बन्ने गरेको छ। राष्ट्रिय परिचयपत्रका कारण जिल्लामा नागरिकतामा बनाउनेको भीड नै लाग्ने गरेको छ। राष्ट्रिय परिचय पत्र, नागरिकता र राहदानीका लागि छुट्टाछुट्टै फाटको ब्यवस्था गरिएका छन् ।

नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रका लागि लाग्ने गरेको भीडका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ। सेवाग्राहीको चापका कारण नागरिकतामा कुपन र राहदानीका लागि अनलाइनबाट कुपन लिई पालो कुर्नु पर्ने ब्यवस्था गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सेवाग्राहीलाई चाडो र प्रभावकारी सेवा दिने सोच भए पनि कर्मचारी अभाव र सेवाग्राहीको चोपले गर्दा गाह्रो परेको बताए। उनले सकेसम्म चाडो सेवा दिन सबै फाटका प्रमुखलाई निर्देशन दिएको बताए।

नागरिकता सम्बन्धी विधेयक पास भए पछि अब प्रशासन कार्यालयमा नागरिकताका लागि झनै भीडभाड हुने देखिएको छ।

सम्बन्धित् समाचार