गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं.२ बाट कांग्रेसका आचार्यले टिकट पाउने सम्भावना बलियो

कपिलवस्तु क्षेत्र नं.२ बाट कांग्रेसका आचार्यले टिकट पाउने सम्भावना बलियो

प्रकाशित मिति:

वैखरी अनलाइन

प्रतिनिधिसभातर्फ ३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ गठबन्धनबाट माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । क्षेत्र नम्बर २ र ३ मा काँग्रेसले उम्मेदवारीको दाबी गर्ने सम्भावना छ ।

क्षेत्र नम्बर १ माओवादीको भागमा परेको अवस्थामा सो पार्टीबाट चक्रपाणि खनाल नै उम्मेदवार बन्ने निश्चित छ । यहाँ एमालेबाट पूर्व सांसद बलराम अधिकारी र हाल प्रदेशसभा सदस्य विष्णु पन्थी पनि आकांक्षी देखिएका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट सुरेन्द्र आचार्य टिकट पाउने सम्भावना धेरै छ । हाल पार्टीको प्रदेश महामन्त्रीसमेत रहेका उनी गत निर्वाचनमा पराजित भएका थिए ।

यो क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा रहेर सूर्य चिह्न लिएर उम्मेदवार बनेका उनी अहिले एमालेमा प्रवेश गरेका छन् । यहाँ एमालेले गुप्तालाई नै टिकट दिने निश्चितजस्तै रहेको एमालेका कार्यकर्ताहरू बताउँछन् ।

 

क्षेत्र नम्बर २ मा २०७४ सालमा वृजेश कुमार गुप्ताले ३५ हजार १२७ मतका साथ जित हासिल गर्दा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने यो क्षेत्रमा नेपाली काँग्रेस नै अगाडि देखिन्छ ।

 

यो क्षेत्रबाट काँग्रेसका वडा अध्यक्षहरूले ३० हजार ९९८ मत पाएका छन् भने एमालेले २७ हजार २९८, जसपाले ६ हजार ९०८, लोसपाले ६ हजार ३८६, माओवादीले ४ हजार ४५९, राप्रपाले दुई हजार ३५, नेकपा एकीकृत समाजवादीले ६९१ मत पाएको छ ।

सम्बन्धित् समाचार