गृहपृष्ठ Featured बर्दियामा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दियामा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

बर्दिया : अपहरण,शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

एक महिलालाई अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बर्दियाले गुलरिया नगरपालिका १० का कदही चमारलाई ०७८ साल असार २९ गते ८ वर्षको कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरिकन फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदयेश कुमार सापकोटाका अनुसार चमारलाई सोमबार पक्राउ गरिएको हो । चमारलाई जिल्ला अदालतले कारागार चलान गरेको प्रनि सापकोटाले बताए ।

सम्बन्धित् समाचार