गृहपृष्ठ Featured महाराजगञ्जको झिन्ना माविमा तिवारीको मनपरि,अनियमिततादेखि किर्ते गरेको आरोप

महाराजगञ्जको झिन्ना माविमा तिवारीको मनपरि,अनियमिततादेखि किर्ते गरेको आरोप

वैखरी अनलाइन, महाराजगञ्ज संवाददाता
कपिलवस्तु जिल्लाको महाराजगञ्ज ११ मा यतीबेला तिवारी परिवार चर्चामा छ । तिवारी परिवारको त्यस क्षेत्रमा बर्षौदेखि हाली मुहाली चल्दै आएको छ ।

कुनै एक समय तिवारी परिवारको नाम लिना साथ सबैले गन्यमान्य भन्दै उनको परिवारबाट बोलीएका कुरा कानुन जस्तै हुन्थ्यो । तर सम्मानको दम्भमा परिणत हुदा परिवारको दादागिरि र मनपरिले त्यो साख गुमेको छ ।

परिवार पक्षको मनपरि प्रवृति, भ्रष्टाचार किर्ते काण्डदेखि दादागिरि शैलीका कारण तिवारी परिवार अहिले बदनाम हुदै गएको हो । जसका कारण गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा समेत वडाध्यक्ष पदमा उठेका  तिवारी परिवारका प्रमुख जग्दीश प्रसाद  तिवारी नराम्रोसगं हार ब्यहोर्न बाध्य भए ।

पहिलो काण्ड
वडासदस्यमाथि हातपात

महाराजगन्ज नगरपालिका ११ बनगाई स्थित झिन्ना माध्यमिक विद्यालयमा अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले निर्वाचित जनप्रतिनिधि माथि हातपात गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक रुद्रेश नाथ तिवारी, शिक्षक योगेश नाथ तिवारी र शिक्षक प्रवीण तिवारीले वडा सदस्य अवधेश यादव माथि हातपात गरेका हुन् ।

महाराजगन्ज ११ का वडा सदस्य यादव माथि हातपात गर्ने तिनै जान तिवारीहरु दाजुभाइ हुन् । विद्यालयमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली विद्यालय अनुगमन गर्न पुगेको थियो । अनुगमन गर्न किन आएको भन्दै यादव माथि हातपात गरेको पीडित यादवले बताए ।

विहिबार दिउँसो करिब २ बजे शिक्षकहरुले यादव माथि विद्यालय परिसर मै हातपात गरी लगाएको टिसर्ट च्यात्ति दिएको महाराजगन्ज ११ का अर्का वडा सदस्य राधेश्याम कुर्मीले बताए । अनुगमनका क्रममा विद्यालयका शिक्षक अस्वनि कुमार तिवारीले अनुगमन टोलीलाई गालि गलौज गरी वडा सदस्य अवधेश यादव माथि हातपात गरेको अनुगमनमा सहभागी सुनिल केसीले जानकारी दिए ।

अनुगमन कार्यमा अख्तियार कार्यालयका बाबुराम न्यौपाने सहित ३ जना, महाराजगन्ज नगरपालिकाका ४ जना प्राविधिक इन्जिनियर , ११ नं वडा कार्यालयका अध्यक्ष धर्मेन्द्र कुमार पुरी, वडासद्स्य राधेश्याम कुर्मीको सहभागीता रहेको थियो ।
दोस्रो काण्ड
बिद्यालयको दुई कोठे भवन निमार्णमा अनियमितता

बिद्यालय परिसरमा गत आर्थिक बर्षमा २ बर्षे कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ । सो भवनका बिषयमा अख्तीयार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलमा उजुरी परेपछि एक टोली बिद्यालयमा पुग्यो ।

बिद्यालयमा अख्तीयारको टोली पुगेपछि प्रधानाध्यापक रुद्रेश नाथ तिवारी निकै आत्तीएको अवस्थामा सिसिटिभि फुटेजमा देखिएका छन ।

 

टोलीलाई सहज रुपमा आफनो काम दिनुको साटो उनले त्यही क्षेत्रका वडासदस्य यादवले आफुले फसाउन खोजेको महशुस गर्छन र हातपात गर्नमा उत्रन्छन । उता बिद्यालयको भवन निमार्णमा कोटेशन बमोजिम सम्पुर्ण काम नभएको अख्तीयारले प्रारम्भीक रिर्पोट निकालेको स्रोतले बताएको छ ।

तेस्रो काण्ड
बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन नक्कली छोरी बनाईनु ।
बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर बिद्यालयमा आफनो परिवारको बर्जस्व जमाउन गंगेश कुमार चिवारीले एक बालिकालाई किर्ते गरी नक्कली छोरी बनाइ आफु अध्यक्ष बनेको खुल्न आएको हो । बि.स. २०७२ सालमा बिवाह बन्धनमा बाधिएका गंगेश तिवारीले बि.स. २०६४ सालमा जन्म भएकी एक स्थानिय बालिकालाई आफनो छोरी बनाई बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनेको खुल्न आएको हो । यस बिषयमा बुझन खोज्दा तिवारीले सो छोरी मेरै हो भनी जवाफ दिएका छन । आफुलाई बदनाम गराउन केही तत्व लागेको बताउदै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन आफुले कुनै किर्ते नगरेको दावी गरेका छन ।

चौथो काण्ड
करार नियुक्तिमा आफनै परिवारका सदस्यलाई सेटिङमा बिद्यालयमा जागिर

झिन्ना माविमा तिवारी परिवारका ३ जना सदस्यलाई सेटिङमा नियुक्ति दिइएको पाइएको छ । जसमध्य रुद्रेश नाथ तिवारी प्रधानाध्यापक हुन । उनी करारमा त्यहाँ जागिरे छन । तर सेटिङमा बिद्यालयको प्रधानाध्यापक भएको पाइएको छ ।

नियमानुसार प्रधानाध्यापक थाही जागिर भएको शिक्षकलाई बनाइन्छ तर सेटिङमा त्यहा करारमा रहेका तिवारी परिवारका सदस्य रुद्रेश नाथ तिवारीलाई प्रधानाध्यापक बनाइएको हो । यस बिषयमा बुझन खोज्दा फोन सम्र्पक हुन सकेन । यस बिषउनका साथै २ भाइ समेत सोही बिद्यालयमा शिक्षक जागिरे छन । एक शिक्षक हुन भने अर्का लेखापाल हुन ।

सम्बन्धित् समाचार