बाँके : बाँकेमा एक पुरुष मृत फेला परेका छन् । नेपालगंज उपमहानगरपालिका–८ का त्यहाँस्थित उद्योग वाणिज्य संघमा गार्डको रूपमा काम गर्दै आएका ६५ वर्षीय शमशेर गुरूङ आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।