गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा मिटरब्याज पीडित ८ जनाले दिए उजुरी

कपिलवस्तुमा मिटरब्याज पीडित ८ जनाले दिए उजुरी

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन । 
सरकारले तोकेको मितिभित्र कपिलवस्तुमा मिटरब्याजबाट पीडित भएका ८ जनाले उजुरी दिएका छन् । सरकारले गएको साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरू बाहिर आएका हुन् ।

कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयमा उनीहरूले उजुरी दिएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वैखरी अनलाईनलाई जानकारी दिए । उनका अनुसार कपिलवस्तु नगरपालिकाबाट ३ जना, महाराजगंज नगरपालिकाबाट २ जना र शिवराज, कृष्णनगर यशोधराबाट १÷१ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

भदौ ५ गतेपछि भने उजुरी लिएर कोही पनि नआएको उनले बताए । डा.भीष्मकुमार भुसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरूलाई उजुरी दिन आग्रह गरेअनुसार मिटरब्याजबाट पीडितले जिल्ला जिल्लामा उजुरी दिएका हुन् ।

कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरी उपर छानबिन हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

सम्बन्धित् समाचार