गृहपृष्ठ Featured रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

प्रकाशित मिति:

काँग्रेसका प्रभावशाली नेता एवं अहिलेका गृहमन्त्री वालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देहीको सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै गत आइतबार भैरहवाका उद्योगी व्यवसायीले पत्रकार सम्मेलन नै गरेका थिए ।

व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरेका थिए । उनीहरुले प्रहरीलाई पत्र समेत पठाएर ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीहरुका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्र रुपन्देहीको फरेनी, वैकुण्ठपुर, मर्चवार, महेशपुर, लुम्बिनी, भगवानपुर, ककरहवा लगायतका नाकाबाट खाद्यवस्तु, कपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल, इलेक्ट्रिक सामानहरूको चोरी तस्करी हुने गरेको छ ।

सम्बन्धित् समाचार