गृहपृष्ठ Featured सेरेना विलियम्सले लिइन् टेनिसबाट सन्यास

सेरेना विलियम्सले लिइन् टेनिसबाट सन्यास

प्रकाशित मिति:

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलेर सन्यास लिएकी हुन्।

न्यूयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोसँग हारेकी भए पनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।

खेलपछि उनी भावुक भइन् र हात हल्लाउँदै सबैसँग बिदा मागिन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको खेल जीवन अन्त्य गरिन्।

सोही समयमा उनको अन्तरवार्ता लिइएको थियो। अन्तरवार्तामा उनको आँखाबाट आँसु बगे। उनले समर्थन गरेकोमा आफ्नो परिवार, टोली, दर्शक र आफ्ना प्रशंसकलाई धन्यवाद दिइन्।

उनले भनिन्, ‘मलाई वर्षौंदेखि दशकौंसम्म सहयोग गरेकोमा यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई अहिले विश्वासै लाग्दैन मैले दशकौं खेलें।’

उनलाई यो हप्ताको उनको प्रदर्शनलाई ध्यानमा राख्दै अवकाशको निर्णयमा पुनर्विचार गर्ने कि भनेर सोधिएको थियो। यसबारे सेरेनाले भनिन्, ‘म यसमा आफ्नै तरिकाले खेलिरहेको थिएँ र राम्रो हुँदै गइरहेको थिएँ । मलाई लाग्दैन कि म फेरि यो निर्णयमा विचार गर्नेछु।’

सेरेना विलियम्सले आफ्नो पहिलो व्यावसायिक टूर्नामेंट १९९५ मा खेलेकी थिइन्। उनी लामो समयसम्म विश्वको नम्बर एक टेनिस खेलाडी भएर टेनिसमा एकछत्र राज गरिन्। -बीबीसी

सम्बन्धित् समाचार