गृहपृष्ठ Featured ‘बड्की आईतवार’ को शुभकामना दिदैं थारुले भनिन्- ‘थारु कला, संस्कृति जोगाउन सबै लाग्नुपर्छ’

‘बड्की आईतवार’ को शुभकामना दिदैं थारुले भनिन्- ‘थारु कला, संस्कृति जोगाउन सबै लाग्नुपर्छ’

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटि सदस्य लक्ष्मी थारुले थारु समुदायको पर्व ‘बड्की आईतवार’ को अवसरमा शुभकामना दिएकी छिन् । थारु जातिले मनाउने एउटा महत्वपूर्ण सामाजिक र साँस्कृतिक परम्परा बोकेको पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहने विश्वासका साथ शुभकामना व्यक्त गरेकी हुन् ।

 

उनले पछिल्लो समयमा थारु समुदायका कला, संस्कृति एवम् परम्परा क्रमश लोप हुदैं गएको बताईन् । उनले यसतर्फ विशेष चासो देखाई थारु समुदायको मौलिकता झल्किने यस्ता चाडपर्व, कला, संस्कृतिको संरक्षण गर्न सम्पूर्ण सरोकारवालाहरु लाग्नुपर्ने बताईन् । पछिल्लो समय थारु समुदायका कला, संस्कृति एवम् परम्परा दिनप्रतिदिन लोप हुने अवस्था सिर्जना भएको छ,’ उनले भनिन्, ‘यसतर्फ सबैले विशेष चासो देखाएर संरक्षण गर्न सबै सरोकारवालाहरु लाग्न जरुरी छ ।’

उनले यस पर्व मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गरि हर्षोल्लासका साथ मनाउन आग्रह समेत गरिन् ।

थारु समुदायहरुले आईतबार माघीपछिको दोस्रो ठूलो पर्व बड्की अट्वारी मनाउँदै छन् । थारु जातीको बाहुल्यता रहेका तराईका कपिलवस्तुसहित रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जिल्लाहरुमा हर्षोल्लासका साथ यो पर्व मनाइन्छ ।

यसैबीच कपिलवस्तुको बाणगंगा नगरपालिकासहित चार  पालिकाले यस पर्वको अवसरमा सार्वजनिक विदा समेत दिएका छन् ।

सम्बन्धित् समाचार