गृहपृष्ठ खबर बाणगंगा नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिताको उपाधि होराईजन मावि सिद्धिपुरले जित्यो

बाणगंगा नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिताको उपाधि होराईजन मावि सिद्धिपुरले जित्यो

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिताको उपाधि होराईजन माध्यमिक विद्यालय सिद्धिपुरले जितेको छ ।
साक्षरता दिवसका अवसरमा बाणगंगा नगरपालिकाको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगिताको उपाधि होराईजन माविले जितेको हो ।

यस्तै उक्त प्रतियोगितामा जनता मावि पिपरा दोस्रो, हेमराज मावि तेस्रो र बाणगंगा मावि गजेहडा चौथो हुन सफल भएका छन् ।

“साक्षरता सिकाई क्षेत्र रुपान्तरण” भन्ने मूल नाराका साथ साक्षरता दिवसका अवसरमा भएको उक्त कार्यक्रमका अध्यक्ष बाणगंगा ४ का वडाध्यक्ष छविरेस्मी मगरले विद्यार्थीहरुलाई बधाई दिदैं आगामी शैक्षिक यात्रामा थप परिश्रमका साथ लागेर अगाडि बढ्न सुझाव दिए ।

वडाध्यक्ष रेस्मीले यस्ता कार्यक्रमले बालबालिकाको ज्ञानको क्षेत्रलाई थप फराकिलो बनाउन मद्धत गर्ने बताए । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रमले अवसर प्रदान गर्ने बताउँदै वडाध्यक्ष रेस्मीले नगरसंगै वडा नम्बर ४ ले पनि यस्ता शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

शिक्षाले मानिसलाई आर्दशको बाटोमा अगाडि बढाउने भएकाले यसको प्राप्तिले मानिसलाई पुर्ण बनाउने दिशातर्फ अग्रसर गराउने उनको भनाई छ ।

प्रतियोगितमा २२ विद्यालयको सहभागिता रहेको थियो । सहभागी २२ विद्यालयहरुलाई दुई समूहमा विभाजन गरि सो समूहबाट प्रथम र द्धितीय हुनेलाई फाईनल राउण्डमा लगिएको हो ।

विजेता विद्यार्थीहरुको समूहलाई नगदसहित शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रम वैखरी मिडिया प्रा.लि.का प्रधान सम्पादक अशोक पौडेल र कार्यकारी सम्पादक सागर वि.क.को संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार