कपिलवस्तु, २४ भदौ
जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको १०९औ जयन्तीका अवसरमा कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तुद्धारा बिपि जयन्तीका अवसरमा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका बक्ताहरुले नेता कार्यकर्ताहरुले आफनो ब्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा काग्रेस कपिलवस्तुका नेता तथा पुर्वमन्त्री दीप कुमार उपाध्यायले कांग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताए । उनले संगठन बिधि बिधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्ने बताए ।
आसन्न मंसिर ४ गतेको निर्वाचनमा उनले कांग्रेस एकजुट हुनु पर्ने बताए । अहिले पार्टीले सही ब्यक्तिलाई टिकट दिनु पर्ने र कन्द्रले गरेको गबन्धनको निर्णयलाई सबैले स्विकार गर्नु पर्ने बताए ।
सो अवसरमा नेता राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गरे ।
उनले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए । ‘ बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिबेशमा पनि सान्दर्भिक छ ’ उनले भने । पार्टी पुर्व सभापति राजेश आचार्यले आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताए ।
उनले बिपिले कांग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताए । बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताए । उनले पार्टी उनले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाहरुलाई समेत उचित स्थान हुनु पर्ने बताए ।
पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेयले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको नीतिलाई अंगालिएर पार्टी बलियो हुने उनले बताए । पार्टी उप सभापति कुमाकान्त खनालको अध्यक्षता पार्टी सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा नेता कमलेश कुमार शर्मा , रामआषिष पाण्डेय,,शोहरत तेली, ओजी अर्सद लगायतले मन्तब्य दिएका थिए ।








