गृहपृष्ठ Featured शीर्ष नेतासहितको कार्यदलको बैठक बालुवाटारमा जारी

शीर्ष नेतासहितको कार्यदलको बैठक बालुवाटारमा जारी

केही दिनदेखि सत्तारुढ दलहरुले भागबन्डा मिलाउने प्रयास गरिरहेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हालसम्म सत्तारुढ गठबन्धनमा भागबन्डा मिल्न सकेको छैन।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यसूची सार्वजनिक गरेको छ।

केही दिनदेखि सत्तारुढ दलहरु निर्णायक वार्ता भनेर छलफल गरिरहेका छन्। सत्तारुढ दलभित्र सबैले आ-आफ्नो दाबीमा अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धनले मंसिर ४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र तय गर्न नसक्दा कार्यकर्ता पनि अन्योलमा परेका छन्।

स्थानीयस्तरबाट धमाधम नाम सिफारिस गरेपछि आफ्नो पार्टीको भागमा पर्ने कि नपर्ने अन्योल देखिएको छ।

सम्बन्धित् समाचार