गृहपृष्ठ Featured टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषणा

टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषणा

प्रकाशित मिति:

भारतले एक महिनापछि अष्ट्रेलियमा हुने टी–२० विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्मा कप्तान रहेको भारतीय टिममा जसप्रित बुमराह र हर्सल पटेलले पुनरागमन गरेका छन् ।

यस्तै युवा बलर अर्षदीप सिंहले पनि विश्वकप टिममा स्थान बनाएका छन् । गत जुलाईमा इंग्ल्याण्डविरुद्ध डेब्यु गरेका सिंहले अहिलेसम्म ११ टी–२० आई खेल मात्र खेलेका छन् ।

तर मोहमद सामी र दीपक चाहर भने रिभर्जमा परेका छन् ।

टी–२० विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल अक्टुबर २३ मा पाकिस्तानसँग खेल्ने छ ।

भारतीय टिम : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पाण्डे, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, अक्षर पटेल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, हर्सल पटेल र अर्षदीप सिंह ।

सम्बन्धित् समाचार