गृहपृष्ठ Featured दाङ : बसमा डिजल सकिएपछि दुर्घटना !

दाङ : बसमा डिजल सकिएपछि दुर्घटना !

दाङ – दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस आज साेमवार बेलुकी दुर्घटनामा परेको छ ।

 

बस तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।

 

पिपलबोटको उकालोमा बसमा डिजल सकिएपछि पछाडि ब्याक सर्दा नजिकै रहेको एक फेन्सी पसलमा ठोक्किएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ । बस पसलमा ठोक्किँदा मानवीय क्षति भने हुन नभएको प्रहरीकाे भनाइ छ ।

सम्बन्धित् समाचार