गृहपृष्ठ Featured हामी को-को बढारिन्छौं भन्न सकिन्न : बाबुराम

हामी को-को बढारिन्छौं भन्न सकिन्न : बाबुराम

१ असोज, काठमाडौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र रहेको बताए ।

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’

भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए ।

सम्बन्धित् समाचार