कपिलवस्तु, १ असोज ।
कपाल दारी फुलि सक्यो । ५ सन्तानका बुवा । काम गर्ने जोस र जागर भने अझै घटेको छैन् । उनी हुन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बरन्डीहवा गाउँका ५१ बर्षिय भगौती (राका ) यादव ।
८ औं पटक म्यादी प्रहरी बनेर काम गरी सकेका यादव नऔ पटक म्यादी प्रहरीमा भर्ना हुन चाहेका छन । २०४८ सालको निर्वाचन यता सबैमा म्यादी प्रहरी बनेर सेवा गरेका यादव यस पटक फेरी म्यादी प्रहरीमा भर्ना हुन चाहेका हुन । असोज ३० गते देखि नै म्यादी प्रहरीकालागि आबेदन खुला भएको छ । यादवले आफना माईला छोरा मुरारी यादवसंगै गत असोज ३१ गते जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाकालागि आबेदन दिएका छन ।
५ सन्तानका बुवा समेत भईसकेका यादवले आफु नऔ पटक म्यादीमा भर्ना हुन चाहेको बताए । म्यादीकालागि फारम भेरेर आएका उनले आफनो दर्ता नम्बर १ हजार २५ रहेको बताए । ‘ नऔ पटक म्यादीमा सेव ागर्न मन छ ’ उनले भने ‘ यस पटक पनि छनौट भई सेवा गर्ने मौका मिल्छ भन्ने लागेको छ ’ । गत स्थानीय निर्वाचनमा समेत उनी र छोरा मुरारीले म्यादीमा फारम भरेका थिए ।
त्यसमा उनी छनौट भए पनि छोरा भने सफल हुन सकेको थिएन । २०४८ सालको निर्वाचन यता भएका सबै निर्वाचनहरुमा म्यादी प्रहरीकारुपमा छनौट भई काम गरेका यादवले आफुले म्यादीमा पैसा भन्दा सेवा गर्नकालागि काम गर्न चाहेको बताए । बुवाको एक्लो छोरा र ४ बिघा पक्की खेत र पक्की घर समेत भएका उनले आफुले म्यादी प्रहरीमा सेवा भावले प्रेरित गरेको बताए ।
३ छोरा मध्ये ठुलो छोरा गोबिन्द प्रसाद यादव काठमाण्डौ स्थित पशुपति क्षेत्रमा ट्राफिक प्रहरी जवानकारुपमा कार्यरत छन । यस्तै कान्छो छोरा पुजारी पनि प्रहरी जवानमा पास भई अहिले भीड नियन्त्रणको तालिम लिईरहेको छ । २ छोरीको बिवाह भई आफनो घरमा छन । धन संपत्तिका उनलाई कुनै पीर छैन । तर म्यादी प्रहरीमा भने उनको बिशेष लगाव छ । २०५० सालमा प्रहरी जवानमा पास भई जागीर खान जान लाग्दा उनका बुवा सहजराम अहिरले राकेका थिए । ‘ २०५० सालमा म प्रहरी जवानमा पास भएको थिए तर बुवाले एक्लो छोरा भएकाले जान दिएनन ’ उनले भने ‘ अहिले पनि प्रहरी बन्ने मोह घटेको छैन ’ । १८ बर्ष देखि ५४ बर्ष सम्मका उमेरका सामान्य लेखपढ गर्न जान्नेकालागि प्रहरी प्रधान कार्यालयले ४० दिने अवधिकालागि म्यादी प्रहरीको आबेदन खुलाएको छ ।
त्यस हिसाबले पनि यस पटक यादवकालागि म्यादी प्रहरी बन्ने अन्तिम पटक हो । २०४७ सालमा एसएलसि दिएर गणित बिषय लागेर फेल भएका उनले त्यस पछि भने परिक्षा नदिएको बताउछन । आमा बुवा बितेर घर मुली समेत रहेको यादवले यस पटक पनि आफु छनौट हुनेमा ढुक्क छन ।फिजिकल, दौड लिखित र मौखिकमा समेत पास हुने उनी बताउछन । ८ पटक म्यादी प्रहरीकारुपमा काम गरी सकेको उनले २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनका काम गरेकोलाई प्राथमिकता दिने भने पछि उनी खुशी भएका छन । ‘ ४०– ५० हजारकालागि नभै अरुलाई प्रेरणा र हिम्मत हौसला मिलोस भनेर म्यादी प्रहरीमा हुन चाहेको हो ’ उनले भने । खती किशानी गर्दै आएका यादवले उमेर हदका कारण अन्तिम पटक म्यादी प्रहरीमा छनौट भई काम गर्ने अवसर मिल्नेमा उनी ढुक्क छन ।
२०२८ सालमा जन्मेका उनी राका नामले चिनिन्छन । बुवासंगै म्यादीको फारम भरेका माईला छोरा मुरारीले यो उमेरमा पनि बुवाले म्यादीमा काम गर्न चाहेको बताए । ‘ बुवाको साहस,आट र ईच्छा शक्ति देख्दा अचम्म लाग्छ ’ उनले भने । यस पटक बुवा र आफु समेत छनौट भई दुबै जनाले म्यादी प्रहरीमा काम गर्न मन लागेको उनले बताए । उता भदौ ३० गते यता झरी जारी छ । तर छाता आढेर पनि म्यादीमा भर्ना आउनेहरुको भीड छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले २ दिनमा १ हजार बढीले आबेदन दिएको बताए । असोज ६ गते अन्तिम दिन सम्म ७ हजार बढीले आबेदन दिने अनुमान गरिएको छ ।
देशभरका लागि १ लाख १५ हजार कोटा निर्धारण गरिए पनि जिल्लाकालागि अझै कोटा निर्धारण नभएको प्रहरी नायब उपरिक्षक घलले बताए । गत बैशाखमा भने झन्डै २ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।
१८ बर्ष देखि ५४ बर्ष सम्मका साधारण लेखपढ गर्न सक्नेले यही भदौ ३० गते देखि असोज ६ गते सम्म आबेदन दिन सक्नेछन । असोज ७ गते सम्पर्क मिति राखिएको छ । यस्तै असोज ९ देखि १४ असोज सम्म छनौट प्रकृया गरिनेछ ।
असोज ३० गते देखि कार्तिक ८ गते सम्म प्रशिक्षण कार्यक्रम छ । म्यादी प्रहरीले प्रति दिन ८ सय ६९ का दरले एक मुस्ठ ४० दिनको ३४ हजार ७६०, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय तोकिएको पोशाक र अन्य सामाग्री खरिद गर्न ६ हजार निर्वाचनका दिन खटिनकालागि यातायात एक हजार र ४ दिनको दैनिक ३ सयका दरले १२ सय रुपैया खाजा खर्च पाउनेछन् ।









