गृहपृष्ठ Featured कृष्णनगरबाट चरेससहित एक जना पक्राउ

कृष्णनगरबाट चरेससहित एक जना पक्राउ

कपिलवस्तु ।

जिल्लाको कृष्णनगर नगरपालिका- ३ लक्ष्मीनगरबाट प्रहरीले ३.९ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

विओपी कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साँझ ४ बजे नेपालबाट भारत जाने क्रममा एक जनालाई पक्राउ गरेको हो ।

शंक लागेपछि सोधपुछ खान तलासी गर्दा चरेससहित दाङको घोराही उपमहानगरपालिका १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए ।

पक्राउ परेका जोगीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार