गृहपृष्ठ Featured कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीहरुले गरे पदभार ग्रहण

कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीहरुले गरे पदभार ग्रहण

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु सामुदायिक अस्पतालमा सपथ ग्रहण, प्रमाण पत्र बितरण, पद हस्तान्तरण एवम् सम्मान कार्यक्रम भएको छ । एक कार्यक्रमका बीच अस्पतालमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कपिलवस्तु सामुदायिक अस्पताल बिकास समितिको दोश्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र प्रदान गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

गत भदौ २५ गते सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएका थिए भने वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती शाही निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै कोषाध्यक्षमा रेवता घिमिरे(पौडेल) र सचिवमा पदम प्रताप सेन निर्विरोध निर्वाचित भएका थिए भने महिला सदस्यमा गिता देवी पौडेल र मिना खड्का, सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, जीवन सुवेदी, विष्णु प्रसाद न्यौपाने, बद्री प्रसाद काफ्ले, मक्तिराम कडेल र मुक्तिराम न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

अस्पतालका नवर्तमान अध्यक्ष रामजी सेनसहितका पदाधिकारीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका हुन् । नवनिर्वाचित यस कार्यसमितिका पदाधिकारीको कार्यकाल तीन बर्ष रहने छ ।

सोही कार्यक्रममा अस्पतालको विकासमा योगदान गर्नेहरुलाई सम्पन्न समेत गरिएको छ ।

सम्बन्धित् समाचार