गृहपृष्ठ Featured मेसीको गोलमा पीएसजी विजयी

मेसीको गोलमा पीएसजी विजयी

काठमाडौं ।

लियोनल मेसीले गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति फ्रेन्च लिग वानमा लियोनलाई १–० ले हराएको छ ।

जितसँगै पीएसजीले लिगमा अपराजित यात्रालाई कायम राखेको छ । मेसीले पाँचौँ मिनेटमै गरेको गोल पीएसजीको जितमा निर्णायक बन्यो । उनले बार्सिलोनाका पूर्वसहयात्री नेइमारको पासमा गोल गरेका थिए ।

जारी सिजन सबै खाले प्रतियोगितामा गरी पीएसजीमा मेसीको यो छैटौँ गोल हो । पीएसजीका सर्जियो रामोसले पनि अन्तिम समयमा गोल गरेका थिए । तर, उनको गोल अफसाइड घोषित भएको थियो ।

जितसँगै पीएसजीले आठ खेलबाट २२ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मार्सेभन्दा दुई अंकले अगाडि छ । त्यस्तै लोरेन्टभन्दा तीन अंकले अगाडि छ ।

सम्बन्धित् समाचार