गृहपृष्ठ Featured बर्दियामा करेन्ट लागेर दुईको मृत्यु

बर्दियामा करेन्ट लागेर दुईको मृत्यु

आश्विन ३,  बर्दिया ।

बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

सख्त घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए । यसैगरी बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्‌को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए ।

उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

सम्बन्धित् समाचार