गृहपृष्ठ Featured बुद्धभूमि-५ मा संविधान दिवसको अवसरमा मन्दिर सरसफाई

बुद्धभूमि-५ मा संविधान दिवसको अवसरमा मन्दिर सरसफाई

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा ८औं संविधान दिवस उदाहरणीय काम गरेर मनाईएको छ । सोमबार चौरीमा रहेको दुर्गा भगवानको मन्दिर परिसरमा सरसफाई गरि ८औं संविधान दिवस मनाईएको हो ।

नेपालीहरुले ठूलो संघर्ष एवम् त्याग गरेर प्राप्त गरेको महत्वपूर्ण उपलब्धि संविधान भएको बताउँदै वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापाले सो अवसरमा सरसफाई कार्यक्रम गरेकोे बताए । वडाध्यक्ष थापाले वातावरण स्वच्छताले मात्र मानव जातिको रक्षा हुने भएकाले यस्ता कार्यक्रमको आयोजनाले वातावरण प्रदुषणलाई न्युनीकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

हराभरा वडा बनाउन वडाभित्रका संरचनाको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै वातारणीय सरसफाईलाई वडाले विशेष जोड दिएको बताए । सुन्दर वडा निर्माणका लागी आफु प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्ष थापाले यसका लागी आगामी दिनमा थप कार्यक्रम गरिने प्रतिवद्धता जनाएका छन् ।

वडाध्यक्ष थापाको पहलमा भएको उक्त सरसफाई कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत शाही, कोषाध्यक्ष पुर्णिमा भूसाल, स्थानीय बुद्धिजीवी भक्त बहादुर कुवँर, मुमादेवी थापा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार