गृहपृष्ठ Featured ऐतिहासिक उपलब्धिबाट पुनः चुक्यो नेपाल

ऐतिहासिक उपलब्धिबाट पुनः चुक्यो नेपाल

प्रकाशित मिति:

काठमाडौं ।

नेपालका मुख्य प्रशिक्षक कुमार थापाले फाइनलअघि ‘उहाँहरूले हामीलाई इनर्जी दिनुहुन्छ, हामी ट्रफी दिन्छौँ’ भनेर दर्शकलाई रंगशालामा आउन आह्वान गरेका थिए ।

नेपाली चेलीहरूको आह्वानमा समर्थक रंगशालामा ओहिरिएका थिए । रंगशालामा उपस्थित झन्डै १६ हजार दर्शकलाई स्तब्ध बनाउँदै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाघि उचालेको छ । मिडफिल्ड र रक्षापंक्तिको राम्रो तालमेल नमिल्दा पहिलो हाफमै दुई गोल खाएपछि नेपाल सोमबार ऐतिहासिक उपलब्धिबाट चुकेको छ । घरेलु मैदानमा पहिलोपटक साफको उपाधि उचाल्ने नेपालको सपनालाई बंगलादेशले चकनाचुर बनाइदिएको छ ।

श्रीमोतिकृष्णरानी सरकारको दुई तथा वैकल्पिक खेलाडी सामसुनाहर एक गोलमा बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो । दोस्रोपटक फाइनल खेलेको बंगलादेशले उपाधि जितेको यो पहिलोपटक हो । बंगलादेशले २०१६ मा पनि फाइनल खेलेको थियो ।

यससँगै बंगलादेश प्रतियोगिताको नयाँ विजेता बन्न सफल भएको छ । यसअघि सम्पन्न पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । तर, यसपटक भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल भने पुन: एकपटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

सम्बन्धित् समाचार