गृहपृष्ठ कपिलवस्तु बिशेष चुनाव खर्च नबुझाउने कपिलवस्तुका यी उम्मेदवारलाई ४ लाख पचाँस हजार जरिवाना (सुचिसहित)

चुनाव खर्च नबुझाउने कपिलवस्तुका यी उम्मेदवारलाई ४ लाख पचाँस हजार जरिवाना (सुचिसहित)

सागर वि.क., वैखरी अनलाईन ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई चुनावी खर्चको विवरण नबुझाउने कपिलवस्तुका प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई चार लाख पचाँस हजारका दरले जरिवाना तोकेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम खर्च विवरण नुबझाउने कपिलवस्तुका प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई जरिवाना तोकेको हो ।

आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रमुखका उम्मेदवार रविराज आचार्य, कपिलवस्तु नगरपालिका प्रमुखका उम्मेद्वार बनेका राजेश कुमार गुप्ता, किरण सिंहसहित रहेका छन् । यस्तै बाणगंगाकी उपप्रमुख रिता कुमारी चौधरी, उपप्रमुखकी उम्मेदवार तारावती चौधरी समेत रहेका छन् ।

कपिलवस्तुका अधिकांश उम्मेदवारले नै चुनाव खर्च विवरण नबुझाएको र केहीले तोकिएको समयसिमा भन्दा पछि बुझाएकाले जरिवानामा परेका जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिरकारी अनिता क्षेत्रीले वैखरीलाई बताईन् । उनका अनुसार शिवराजका मेयरका उम्मेदवार महादेव पाख्रेल र हालकी उपमेयर शिवकुमारी चौधरीले चुनाव खर्च विवरण बुझाएका छन् ।

उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । यदि उनीहरुले ६ महिनाभित्र पनि जरिवाना नतिरे ६ बर्षसम्म निर्वाचनमा उम्मेदवार नै हुन नपाउने उनले बताईन् ।

 

सम्बन्धित् समाचार