गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा छाडा पशुचौपया व्यवस्थापन कार्य सुरु : एकैदिन ४० बढी पुगे गौशाला

बाणगंगामा छाडा पशुचौपया व्यवस्थापन कार्य सुरु : एकैदिन ४० बढी पुगे गौशाला

सागर वि.क., वैखरी अनलाईन । 

बाणगंगामा छाडा पशुचौपया व्यवस्थापन सुरु भएको छ । बाणगंगा १ का वडाध्यक्ष सन्जुकुमार सारुसहित स्थानीयहरुले छाडा पशुचौपयालाई मधुवनधाम क्षेत्रमा रहेको गौशला पु¥याएका छन् । विहिबार वडाध्यक्ष सारुसहित स्थानीय तथा अन्य सरोकारवालाहरुले हातमा लठ्ठी नै लिएर छाडा पशुचौपयाहरुलाई गौशला पु¥याएका हुन् ।

करिब ४० वटाको हाराहारीमा रहेका छाडा पशुचौपयाहरुलाई मधुवनधाम क्षेत्रमा रहेको गौशलामा पु¥याएको वडाध्यक्ष सारुले बताए । यस क्षेत्रका स्थानीयहरुको बालीनाली जोगाउन मुस्किल भएपछि आफुलाई दैनिक रुपमा गुनासो आउने गरेको उनले बताए ।

सडकमा नै छाडा पशुचौपयाहरु लामबद्ध हुदाँ दुर्घटनाको जोखिम बढेको, सर्वसाधरणलाई हिडडुल गर्न समस्या हुने गरेको जस्ता अनेक समस्याको देखिएको उनले बताए । यी सबै समस्याहरुको समाधानको उपाय यीनीहरुको व्यवस्थापन नै भएकाले यस्तो कदम चालिएको उनको भनाई छ ।

वडा नम्बर १ की पुर्व वडाध्यक्ष बालकुमारी पन्तले छाडा पशुचौपयाको व्यवस्थापनमा नगरपालिका थप गम्भिर हुन आवश्यक रहेको बताईन् ।  मेयर चक्रपाणी अर्याललाई यस विषयमा आफुले पटकपटक ध्यानाकर्षण गराउँदै आएको बताईन् ।

जिल्लामा नै छाडा पशुचौपयाहरुको व्यवस्थापन ठूलो चुनौतिका रुपमा देखिएका बेला बाणगंगामा यस्तो कदम चालिनु अत्यन्त सकारात्मक पक्ष भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । यसरी गौशालामा छाडा पशुचौपया ल्याउनु मात्र समस्याको समाधान नभएको र यसको थप व्यवस्थापनको लागी केही कर्मचारी नै राखेर योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले छाडा पशुचौपया व्यवस्थापनको कार्य वडा नम्बर १ बाट उत्साहजन रुपमा प्रारम्भ भएको बताए । अब हरेक वडबाट यस्तै कार्यको थालनी गरेर छाडा पशुचौपया व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने बताए ।

हाल उक्त गौशलामा एक सय बढी पशुचौपया रहेका छन् । यो समस्या समाधानमा गर्न नगरपालिकाले जनाएको प्रतिवद्धता अनुरुप काम हुन नसकेको भन्दै कतिपयले चिन्ता व्यक्त गरे ।

मधुवनधाममा चरण क्षेत्रको अभाव, पर्याप्त पानीको अभाव, व्यवस्थित संरचनाको अभाव लागयतका समस्या रहेका स्थानीयको भनाई छ ।

यसैबीच मेयर चक्रपाणी अर्यालले अब क्रमिक रुपमा हरेक वडाबाट जनप्रतिनिधिसहित स्थानीयको सहयोगमा छाडा पशुचौपयालाई गौशाला पुराउदै लगिने बताएका छन् । उनले अब केही हप्तामै यस समस्याको समाधान हुने दाबी समेत गरे ।

सम्बन्धित् समाचार