सागर वि.क., वैखरी अनलाईन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष दामोदर न्यौपानेले वडाको भुगोल अन्य नगरको भुगोल भन्दा धेरै भएता पनि विकासमा प्रतिस्पर्धा रहेको बताएका छन् ।
शितगंगा नगरपालिका वडा नम्बर १४ को क्षेत्रफल अन्य नगरको भुगोलभन्दा तुलनात्मक रुपमा धेरै रहेको बताउँदै वडाध्यक्ष न्यौपानेले वडाको विकासका गतिविधिमा प्रतिस्पर्धा रहेको बताएका हुन् । गत आर्थिक बर्ष २०७८/७९ को बार्षिक समिक्षा तथा चालु आर्थिक बर्ष २०७९÷८० को योजना तथा बजेट सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शितगंगा नगरपालिकाका १४ को क्षेत्रफल भन्दा अन्य नगरपालिकाको क्षेत्रफल भन्दा तुलनात्मक रुपले धेरै नै छ तर पनि यहाँ विकासको प्रतिस्पर्धा छ । हामी यो प्रतिस्पर्धाको माध्यमबाट यस वडालाई समृद्ध बनाउँछौं ।’
उनले वडाका २७ र नगरका ३३ वटा योजनाहरु समयमै पुरा गरि वडा नम्बर १४ अन्य वडा भन्दा अब्बल रहेको सावित गर्न सफल भएको बताए । वडावासी चाहाना अनुसार आफुले काम गर्दै आएको दाबी वडाध्यक्ष न्यौपानेको भनाई छ । वास्तविकता बुझेर मात्र विरोध गर्नुपर्ने बताउँदै उनले वडाको विकासमा अनावश्यक राजनिति नगर्न आग्रह समेत गरे ।
एक अर्कोमा दोषारोपण गर्ने बानीले विकास निर्माणका काम सही ढङगले अघि बढ्न नसक्ने उनले बताए । आफुले काम गर्ने समयमा सबैको रचनात्मक सल्लाह एवम् सुझाव प्राप्त भएको बताउँदै उनले ती सहल्लाहरुलाई मनन गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
वडाले गत आर्थिक बर्षमा शिक्षा विकासतर्फ ३ लाख, कृषि विकास कार्यक्रमतर्फ ६ लाख, पशुविकास कार्यक्रमतर्फ ४ लाख, स्वास्थ्यतर्फ २ लाख ५० हजार र समावेशी कार्यक्रमतर्फ २ लाख ५० हजार रुपैयाँ खर्च गरेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।








