मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको राजेन्द्र ठकुरीले जानकारी दिए। उनका अनुसार दुई जना गम्भीर घाइते छन्।
इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्याउन जाँदा हिमपहिरो गएको हो। गम्भीर घाइते हुनेमा निमा दोर्जे शेर्पा र जितबहादुर शेर्पा रहेका छन्।
मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको ठाकुरीको भनाइ छ।








