गृहपृष्ठ कपिलवस्तु बिशेष ‘चाडपर्व नजिकिदाँ पनि कपिलवस्तुका बजार क्षेत्र सुनसान भएपछि व्यवसायी चिन्तित’

‘चाडपर्व नजिकिदाँ पनि कपिलवस्तुका बजार क्षेत्र सुनसान भएपछि व्यवसायी चिन्तित’

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा वृद्धि गर्दा व्यवसायीहरु नै विस्थापित हुने अवस्थामा पुगेको भन्दै कपिलवस्तुका उद्योग बाणिज्य संघले चिन्ता व्यक्त गरेका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा बुधबार भएको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, विशिष्ट सदस्य विष्णु प्रसाद न्यौपाने, पुर्व अध्यक्षहरु यज्ञप्रसाद भट्टराई, देवीप्रसाद पाण्डेय, पुर्व बरिष्ठ उपाध्यक्ष रुक बहादुर भूसाल, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेय, बुद्धभूमि उद्योग बाणिज्य संघका कोषाध्यक्ष बाल कृष्ण बेल्बासे, पुर्वकानुनी सल्लाहकार रविराज आचार्य, उद्योग उपाध्यक्ष तुल्सीराम घिमिरे, महिला उपाध्यक्ष ईन्दिरा तिमिल्सीना, महासचिव मनोज पौडेल, सचिव खिमानन्द पौडेल(कोपिल) लगायतले दशै तिहार तथा छठ पर्वको शुभकामना दिदैं आआफ्नो धारणा राखेका थिए ।

उनीहरुले उद्योग व्यवसाय धरासायी अवस्थामा पुग्ने अवस्थामा रहेको बताउँदै यसका लागी शसक्त आन्दोलन गर्न आवश्यक रहेको बताए । व्यवसायीको हकहितका लागी सबै उद्योग व्यवसायीहरु एक भएर प्रतिवद्धता अनुरुप काम गर्नुपर्नेमा उनीहरुले जोड दिए । कपिलवस्तुका उद्योग व्यवसायीहरुले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको उनीहरुको ठम्माई छ ।

वक्ताहरुले जिल्ला भर रहेका ५ उद्योग बाणिज्य संघहरुको छाता संगठनको रुपमा समन्वय समिति बनाउदाँ थप शसक्त भएर काम गर्न सकिने उनीहरुले धारणा समेत राखे । चाडपर्व नजिकिदाँ पनि कपिलवस्तुका बजार क्षेत्र सुनसान जस्तै भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । नेपालीहरु विभिन्न आवश्यक सामग्री भारतीय बजार क्षेत्रमा किनमेल गर्न जादा नेपाली बजार क्षेत्रहरु सुनसान भएको उनीहरुको भनाई छ ।

शुक्रबार नेपाल भारत सिमा क्षेत्रमा कपिलवस्तुका ५ उद्योग बाणिज्य संघका पदाधिकारीहरुसहित व्यवसायीहरु अनुगमनका लागी जाने तयारी भएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । यस्तै जिल्लामा रहेका ५ वटा उद्योग बाणिज्य संघहरुले संयुक्त रुपमा ज्ञापन पत्र समेत बुझाउने उनले बताए ।

सम्बन्धित् समाचार