गृहपृष्ठ Featured आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

प्रकाशित मिति:

नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ ।

कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्‍टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

 

 

 

आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ ।

मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।

 

कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सन्सारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ ।

 

कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ ।

सम्बन्धित् समाचार