गृहपृष्ठ Featured श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १० औं बार्षिक साधारण सभा सम्पन्न

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १० औं बार्षिक साधारण सभा सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ उक्त सामुदायिक वनको बार्षिक साधारण सभा चारनम्बर जीतपुरमा रहेको कुलापानी समितिको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी वैज्ञानिक वन व्यवस्थापनको निति वनहरुको संरक्षणलाई थप व्यवस्थित बनाउनका लागी आएको बताए ।

नेपालका लागी आवश्यक काठ देशमै उत्पादन गर्न सकिने तर त्यस्तो हुन नसकेको उनले बताए । राम्रो कामको थालनी गर्दा विभिन्न समस्याहरु सिर्जना गर्न परिपाटीले नेपाल काठमा आत्मानिर्भर हुन नसकेको उनको भनाई छ ।

वैज्ञानिक वन व्यवस्थापनको बारेमा ज्ञान नै नभई हावामा बोल्ने क्रम आफुले देखेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट आतिथि वडा नं.४ का वडाध्यक्ष छविरेस्मी मगरले वनले आर्थिक पारदर्शीतामा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले उपभोक्ताहरुको हक हितका लागी वनले अझै राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरे । वनको काठ चोरीका घटनाले वनको छवि नै विगर्ने भएकाले त्यसमा सचेत हुन आग्रह गरे ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी(सुसिल) ले उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७७/७८ देखि कुनै कटानका गतिविधि नभएको बताए ।

उनले आर्थिक बर्ष २०७७/७८ मा हराएका काठको बारेमा समेत प्रकाश पारे । हराएका काठको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट आएको पत्रका बारेमा कार्यसमिति, निवर्तमान अध्यक्ष, सवडिभिजन प्रमुख सम्मेलित बैठकले निर्णय गरि प्रतिवेदन पठाएको उनले जानकारी गराए । उनले हराएका काठका बारेमा जो सुकै दोषी भए पनि कारबाही हुने दाबी गरे ।

यस्तै उनले आर्थिक बर्ष २०७९/८० को प्रस्तावित आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । उनले ७ करोेड २३ लाख ७ हजार ६ सय ८५ रुपैयाँको प्रस्तावित आय प्रस्तुत गरे । कार्यक्रममा वनकी सचिव कमला सेन(सुष्मा खाँण) ले आर्थिक बर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उनले वनको समग्र परिचयदेखि संचालनमा आएका कार्यक्रमहरु, वनका उद्देश्य, कार्यसमितिका निर्णय, वनका चुनौति आदिको बारेमा प्रकाश पारिन् ।

वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक कृष्ण प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी(सुसिल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमला सेन(सुष्मा खाँण) ले गरेकी थिईन् ।

सम्बन्धित् समाचार