गृहपृष्ठ Featured इङ्लिस प्रिमियर लिग : लेस्टर सिटीको पहिलो जित

इङ्लिस प्रिमियर लिग : लेस्टर सिटीको पहिलो जित

काठमाडौं । 

इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले पहिलो जित हात पारेको छ।

गएराति घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा लेस्टरले नटिङघम फरेस्टविरुद्ध ४–० गोलको जित निकालेको हो । आफ्नो आठौँ खेलसम्म रेलिगेसन जोनमा रहेको लेस्टरले रेलिगेसनकै अर्को टोलीलाई पराजित गरेको हो।

लेस्टरको जितमा ज्यामेस म्याडिसनले दुई तथा हार्भे बर्नेस र पास्टोन डाकाले एक–एक गोल गरे। नटिङघमलाई पराजित गरेको लेस्टर अन्तिम स्टानबाट एक स्थान माथि उक्लिएको छ ।

उसले ८ खेलमध्ये ६ मा हार बेहोर्दा १ मा बराबरी र एकमा जित निकालेको छ । नटिङघमले पनि ८ मध्ये ६ मा हार व्यहोर्दा १ मा जित र १ मा बराबरीको नतिजा निकालेको छ।

सम्बन्धित् समाचार