वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले चाडपर्व भड्किलो हुने गरि नमनाउन आग्रह गरेका छन । नेपालहरुको महान पर्व दशै, तिहार तथा छठ पर्व क्रमश आउने क्रममा रहेकाले उक्त चाडपर्व सभ्य तरिकाले मनाउन उनले आग्रह गरे ।
वैखरी अनलाईनसंग कुराकानी गर्दै उनले भने, ‘अब नेपालीहरुका चार्डपर्वहरु दशैं, तिहार तथा छठ पर्व आउने क्रममा छन्, ती सबै पर्वहरु सभ्य तरिकाले मनाउन आवश्यक छ । भड्किलो हुने गरि नमनाउन सबैलाई आग्रह पनि गर्दछु ।’
सबै चाडपर्वहरु नेपालीहरुको अस्तित्वसंग जोडिएकाले ती चाडपर्वको संरक्षणमा सबै जुट्न आवश्यक रहेको उनले बताए ।
पछिल्लो समय चाडपर्व मनाउने तरिकामा विकृति मौलाउदै गएको बताउँदै उनले त्यस प्रवृतिलाई निरुत्साहित गर्न अपिल समेत गरे ।








