वैखरी अनलाइन, बाणगंगा
बिकासका दृष्टिले पछि परेको कपिलवस्तुमा बिकासका आशाका किरण देखिन थालेका छन । नेतृत्व तहमा युा आएसगै बिकास हुने सम्भावना नागरिकमा बढेको पाइएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थ।ानिय तहको निर्वाचनमा कपिलवस्तुबाट ३ युवा पालिका प्रमुखमा बिजयी भएका छन । नगरबासीले बिकासको आशा मानेर भोट हालेर जिताए ।
कपिलवस्तुका १० पालिका मध्ये कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका र शुद्धोधन गाउपालिकामा प्रमुख पदमा नगरबासीले युवालाई मत दिएर जिताएका छन ।
कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल स्थानिय तह सञ्चालन कार्यविधि अध्ययन र नगरभित्रका सबै क्षेत्रको समस्याको समस्यामा केन्द्रित रहेको पाइएको छ ।
युवा नेताका रुपमा परिचित पौडेलले पर्यटन, शिक्षा, स्वास्थ्य र पुर्वाधारको बिकासमा जोड दिने गरी काम गरी रहेको बताए । आफु आएको करिव ४ महिना भएको बताउदैँ बजेट निकासासगै बिकासका कामले तिव्रता पाउने बताए ।
उता शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा पनि नगर बिकासलाई मुलधारमा ल्याउन दैनिक १६ घण्टा काम गरी रहेको पाइएको छ । उनले आउनासाथ माध्यमिक तहको शिक्षा निशुल्क गर्ने निर्णयसगै त्यसको कार्यन्वयनमा लागी रहेका छन ।
हामीसगं अझै समय छ, मलाई भोट दिएर जिताउने मतदातालाई किन भोट दिइएछ भन्ने गराउदैन, काम गरेरनै देखाउनु उनले वैखरी अनलाइनलाई बताए ।
त्यस्तै शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफु अहिले शिक्षालाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । सबै बालबालिकालाई शिक्षाको पहुचमा पु¥याउन आफु निरन्तर लागी रहेको उनले बताए । पालिका भित्रका सबै गाउँलाई पक्की सडकसगं जोडने योजना रहेकाले दिर्घकालिन बिकासलाई मध्येनजर गर्दै काम गरी रहेको उनको भनाई छ ।