पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र ६ महिला रहेको प्रहरीले जनाएको छ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए।
गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकालाई थप उपचारका लागि चितवन लगिएको छ। मृतकको सनाखत हुन बाँकी छ ।








