गृहपृष्ठ Featured राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

प्रकाशित मिति:

बाँके ।

लगातारको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँकेको डुडुवा गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढी घरभित्र पसेपछि अन्नपात, कपडा भिजेर क्षति भएको स्थानीयवासी गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयवासी त्रसित भएका छन् ।

घरभित्र पानी पसेपछि यहाँका स्थानीयवासी गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।

 

सम्बन्धित् समाचार