वैखरी अनलाइन, कपिलवस्तु
नेपाली कांग्रेसले आफनो समानुपातिक कोटामा राखेका कपिलवस्तुका २ जना नेता पर्ने सम्भावना बलियो देखिएको छ ।
नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति राजेश आर्चाय र नेपाली कांग्रेस केन्द्रिय सदस्य रुपा बिक समानुपातिका कोटामा पर्ने सम्भावना बलियो देखिएको हो ।
आर्चाय लुम्बिनि प्रदेश सभा सदस्य तर्फ खस आर्यबाट पहिलो नम्बरमा समानुपातिका कोटामा परेका छन । उनी सासंद भएमा र गठबन्धनको सरकार बनेको खण्डमा उनी मुख्य मन्त्रीसम्म हुने ल्यागत राख्ने नेता हुन । उनी प्रधानमन्त्री शेर बहादुर देउवाका निकटतम नेताका रुपमा समेत परिचित रहेका छन ।
उनी ४ दशकबाट नेपाली कांग्रेसको सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय रहदै आएका छन ।
उता रुपा बिक दलित कोटाबाट समानुपातिक तर्फ दोस्रो नम्बरमा सिफारिस भएकी छन । उनी प्रतिनिधि सभाका लागी सिफारिस भएकी हुन ।