वैखरी अनलाईन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । यसै क्रममा राप्रपाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा ध्रुब रायमाझिलाई चुनाव लड्न टिकट दिएको छ ।
रायमाझि राप्रपाका केन्द्रिय सदस्य हुन् ।
उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । उनी अहिले कपिलवस्तुमा राप्रपालाई बलियो बनाउन लागी परेका छन् ।
यस क्षेत्रमा प्रदेशको टिकट कसले पाउने भन्ने कुरा भोलिसम्म निश्चित हुने राप्रपाका नेताहरुले बताएका छन् ।








