गृहपृष्ठ Featured कपिलवस्तुका कांग्रेस नेता मेवालाल यादव जसपा प्रवेश, दिए उम्मेदवारी

कपिलवस्तुका कांग्रेस नेता मेवालाल यादव जसपा प्रवेश, दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता मेवालाल यादव पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

आइतबार यादवले कांग्रेस परित्याग गरी जसपामा गएको घोषणा गरेका हुन् ।

जसपा प्रवेश लगत्तै उनले प्रतिनिधिसभा- १ को प्रदेश सभा ‘ख’ मा टिकट पाएका छन् । जसपाका नेता सहसराम यादवले यो क्षेत्रबाट टिकट पाए पछि उनले एकाएक कांग्रेस रोजेपछि मेवालाल कांग्रेस परित्याग गर्दै जसपा गएका हुन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका उनले पार्टीले धोका दिए पछि आफू जसपामा लागेको बताए । कांग्रेसमा लामो समय काम गरेका नेता टिकटबाट बन्चित हुनुपर्ने र एकाएक नयाँले टिकट पाए पछि आफूले पार्टी छाड्ने निर्णय गरेको उनले बताए ।

सम्बन्धित् समाचार