गृहपृष्ठ Featured अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्य व्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिण पश्चिम सबैभन्दा बढी प्रभावित छ ।

इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।

उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो ।

आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ । अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुनःनिर्माणको लागि महिनौं लाग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार