वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । सत्ता गठबन्धनका नेताहरु संयुक्त बैठकले नेपाली कांग्रेस कपिलवस्तु- १ ‘क’ का सभापति दुर्गा केसिको संयोजकत्वमा १५५१ सदस्य प्रचार प्रसार समिति गठन भएको हो ।
सो समितिमा सत्ता गठबन्धनका दलहरुका प्रदेश, नगर र वडा कमिति तथा समितिका पदाधिकारी रहे गरी १५५१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको हो ।
साथै बैठकले गठबन्धनलाई जिताउन नगर तथा वडाका तहका समितिहरुसगं सहकार्य गर्दै प्रचार प्रसारका कार्य गर्ने निर्णय भएको एकिकृत समाजवादीका राम पौडेलले जानकारी दिए ।
साथै बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी बनाउन निर्वाचन परिचालन समिति समेत गठन गरीएको छ ।
जसको संयोजकमा दुर्गा केसि रहेका छन भने सदस्यहरुमा मंल प्रसाद थारु, टोप नारायण बेलबासे , सोमनाथ अर्याल, गणेश बहादुर क्षेत्री, सरजु चौधरी, हुमराज खनाल, राम प्रसाद बेल्बासे, दल बहादुर थापा रहेको माओवादी केन्द्रका नेता हुमनाथ पौडेलले जानकारी दिए ।
साथै बैठकले यही असोज २८ गते शुक्रबार बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको राष्ट्रीय जनमोर्चा पार्टीका नेता शशि सापकोटाले जानकारी दिए ।