बुटवल ।
रूपन्देही प्रहरीले अवैध चाँदी बरामद गरेको छ । बिहीबार सिद्धार्थ नगरपालिका २ मेउडिहवाबाट अवैध चाँदीसहित दुई भारतीय नागरिक पक्राउ परेको रूपन्देही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार विशेष सुराकीको आधारमा यूपी लेखेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ४ केजी ५२२ ग्राम चाँदी बरामद गरिएको हो । बरामद गरिएको अवैध चाँदीको बजार मूल्य पाँच लाख ५१ हजार ४११ रुपियाँ पर्ने जाने अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा भारतको महाराजगञ्ज थाना कोलही बस्ने २५ वर्षीय शैलेन्द्र बर्मा र सोही ठाउँ बस्ने वर्ष २६का सतेन्द्र बर्मा रहेका छन् ।
बरामद गरिएको चाँदी, मोटरसाइकल र पक्राउ परेका दुई भारतीय नागरिक आवश्यक कारबाहीका लागि भन्सार पठाइएको प्रहरी जनाएको छ ।