गृहपृष्ठ Featured नेपाललाई स्वर्ण पदक दिलाएका सुवेदीलाई मायादेवी गाउँपालिकाद्धारा सम्मान

नेपाललाई स्वर्ण पदक दिलाएका सुवेदीलाई मायादेवी गाउँपालिकाद्धारा सम्मान

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाले खेलाडीलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले वडा नम्बर १ पकडी निवासी आशिष सुवेदीलाई सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय तेक्वान्दो चयाम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका सुवेदीलाई सम्मान शुक्रबार गरिएको गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले वैखरीलाई जानकारी दिए । सुवेदीले क्वाटर फाइनलमा मलेसियालाई, सेमिफाइनलमा ईन्डियालाई र फाइनलमा जापानलाई हराउँदै नेपालको लागि स्वर्ण पदक जितेका हुन् ।

गाउँपालिका अध्यक्ष मुसलमानले खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रलाई अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताए । स्वर्ण पदक हासिल गरेका सुवेदीले गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले गाउँपालिकाले खेलाडीलाई प्रोत्साहन गर्न थप कदमहरु चाल्ने समेत विश्वास व्यक्त गरे ।

सम्बन्धित् समाचार