गृहपृष्ठ Featured बाणगंगामा कमल कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

बाणगंगामा कमल कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगामा कमल कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु ओएशिस क्लवको आयोजनामा उक्त प्रतियोगिता बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँस्थित मायादेवी रंगशालामा सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बीच कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार चक्रपाणी खनाल बलदेव र क्षेत्र नम्बर १ (क) का उम्मेदवार डोलकराम घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेसंगै प्रतियोगिता सुरु भएको हो ।

पुर्वमन्त्री समेत रहेका खनालले शारिरीक तथा मानसिक स्वास्थ्यका लागी खेलकुदको आवश्यकता पर्ने भएकाले यसमा स्थानीय सरकारले लगानी गर्नुपर्ने बताए ।

यस्तै घिमिरेले खेल सीपका लागी स्थानीय स्तरमा संचालन हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउन र यस क्षेत्रमा टिकाई राख्न सबै सरोकारवालाहरुले चासो देखाउनुपर्ने उनको भनाई छ ।

कार्यक्रम संयोजक विशाल अधिकारीले खेल प्रेमी युवाहरुको उत्साहले प्रतियोेगिता गर्न प्रेरणा मिलेको बताए । उनले खेल संचालनका लागी सबै सरोकारवालाहरुको साथ सहयोग मिलेको भन्दै खुशी समेत व्यक्त गरे । उनले खेलले देशको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने बताए । त्यसका लागी राष्ट्रले आवश्यक लगानी गरि खेलाडीलाई प्रोत्सहित गर्ने योजना अघि बढाउनु पर्ने बताए ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सि.ले यस्ता फुटबल खेल प्रतियोगिताले खेलका लागी आवश्यक पर्ने खेलाडी तयार गर्न मद्दम मिल्ने बताए ।

यसैबीच आज भएको उद्घाटन खेलमा रुपन्देहीको राजापानी मिलिजुली क्लव सैनामैनाले जित हात पारेको छ । सैनामैनाले युनिटि ब्वाईज बुङ्ची कपिलवस्तुलाई पेनाल्टि शुट आउटमा १–० गोलले हराएको हो । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुट आउटमा गएको थियो । उक्त खेलको ‘म्यान अफ दि म्याच’ विजेता टिम सैनामैनाका सुरज परियार घोषित भए ।

क्लवका अध्यक्ष अभिषेक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिवसराज पौडेलले गरेका थिए ।

सम्बन्धित् समाचार