गृहपृष्ठ Featured कपिलवस्तुमा श्रोत नखुलेको १३ लाख बढी रकमसहित एक जना पक्राउ

कपिलवस्तुमा श्रोत नखुलेको १३ लाख बढी रकमसहित एक जना पक्राउ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा श्रोत नखुलेको १३ लाख बढी रकमसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगर पक्राउ परेका हुन् ।

उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी बस चालक उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

सम्बन्धित् समाचार