गृहपृष्ठ Featured सलाहको उत्कृष्ट गोलमा लिभरपुल विजयी

सलाहको उत्कृष्ट गोलमा लिभरपुल विजयी

काठमाडौं ।

दोस्रो हाफमा मोहम्मद सलाहले गरेको उत्कृष्ट गोलमा लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० ले हराएको छ । सिटीको भने जारी लिगमा यो पहिलो हार हो ।

खेल सकिन १४ मिनेट बाँकी हुँदा गोलकिपर एलिसन बेकरले दिएको लामो पासमा सलाहले विपक्षी रक्षक जोओ कान्सेलोलाई बिट गर्दै अगाडि बढाएर गोल गरेका थिए । सलाहको त्यही गोल लिभरपुलको जितमा निर्णायक बन्यो । साथै २०१२÷१३ को सिजनपछि लिगमा सबैभन्दा खराब सुरुवात गरेको लिभरपुलले महत्वपूर्ण जित हासिल गरेको छ ।

इजिप्टका फरवार्ड सलाह पनि पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेका थिए । तर, च्याम्पियन्स लिगमा गत बुधबार राति रेन्जर्सविरुद्ध कीर्तिमानी ह्याट्रिक गरेपछि सलाह पनि लयमा फर्किएका थिए । लिभरपुलले रेन्जर्सलाई ७–१ ले हराएको थियो ।

सम्बन्धित् समाचार