गृहपृष्ठ Featured गुल्मीमा झाँक्रीका बागी उम्मेदवार पछि हटे

गुल्मीमा झाँक्रीका बागी उम्मेदवार पछि हटे

गुल्मी ।

गुल्मी क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा।दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर  जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी  उम्मेदवारी   फिर्ता  लिएको  भुसालले बताए  ।

उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले  डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे । त्यस्तै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन  रहेका भुसालले कार्यकर्ताहरूको अनुरोध स्वीकार गर्नु महान कार्य भएको भन्दै धन्यवाद दिए ।

डाक्टर भुसालको  उम्मेदवारी फिर्ताले  आफूहरुको  जीत  सुनिश्चित भएको  गुल्मी  क्षेत्र  नम्बर  २ का गठबन्धनकी   साझा  उमेदवार रामकुमारी  झाँक्रीको  भनाइ  थियो  ।  डाक्टर  भुसाललाई  धन्यवाद दिदै  नेपाली  कांग्रेस  गुल्मीका  सभापति खिलध्वज पन्थीले  भुसालको  उम्मेदवारी फिर्ताले  उत्साह छाएको  बताए ।

सम्बन्धित् समाचार