गृहपृष्ठ Featured आफ्नै प्रचारमा आचारसंहिता उल्लंघन भए उम्मेदवारले थाहा छैन भन्न मिल्दैन : थपलिया

आफ्नै प्रचारमा आचारसंहिता उल्लंघन भए उम्मेदवारले थाहा छैन भन्न मिल्दैन : थपलिया

काठमाडौँ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको विषयमा उम्मेदवार स्वयं सचेत हुनुपर्ने बताएका छन् । उनले कोही पनि उम्मेदवारसँग सम्बन्धित भएर हुने गतिविधिबारे उम्मेदवारले अनभिज्ञता देखाएर आचारसंहिताबाट उन्मुक्ति नपाउने बताए ।

‘आचारसंहिताले वञ्चित गरेका कुनै पनि गतिविधि कोही पनि उम्मेदवारसँग सम्बन्धित भएर गरेको पाइएमा त्यसबारे उम्मेदवारले अनभिज्ञता प्रकट गर्न पाइँदैन । कोही पनि राजनीतिक दल वा उम्मेदवारले आफ्ना गतिविधि कहाँ–कहाँ भइरहेका छन् ? आचारसंहिताविपरीत कुनै गतिविधि भए कि ! भनेर चासो राख्नुपर्ने हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘अन्यथा कानुनबमोजिम कारबाही अघि बढ्छ । त्यस्तोमा आयोगले राम राम भन्ने मात्रै हो, कारबाहीबाट जोगाउन सक्दैन ।’

सम्बन्धित् समाचार