वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मुत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका ८ भोेटेपथ भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक ३२ बर्षीय सुमन थारुको मुत्यु भएको हो । रुपन्देहीको ओमसतिया गाउँपालिकाका उनको उपचारका क्रममा भैरहवास्थित सिटि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पिपराका दिपक बाबु केसीले जानकारीदिए ।
दाङ तल्सीपुरदेखि पोखरा जादै गरेको ना ७ ख ७३५१ नम्बरको बस र विपरित दिशाबाट गईरहेको लु २० प ५४९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटना भएको उनले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकल पछाडि बसेका घाईते ३८ बर्षीय भवनाथ कुवँरको भैरहवामा उपचार भईरहेको छ ।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








