गृहपृष्ठ Featured श्रीलंका सुपर – १२ मा पुग्यो

श्रीलंका सुपर – १२ मा पुग्यो

श्रीलंकाले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ र सुपर–१२ चरणमा पुगेको छ । समूह ‘ए’ को यस खेलमा श्रीलंकालाई जित अनिवार्य रहेको थियो ।

यो नतिजापछि श्रीलंका र नेदरल्यान्ड्स दुवै दुई/दुई जितबाट चार अंकमा रहेका छन् ।

सुपर–१२ मा प्रवेश गर्ने अर्को टिमको निर्णय भने यसै समूहको अर्को खेलले खेल्नेछ । आजै हुने त्यस खेलमा नामिबिया र यूएई भिड्दै छन् । नामिबियाको एक जितसँगै दुई अंक छ । यूएई भने दुवै खेल हारेर शून्य अंकमा छ । जितका लागि १ सय ६३ रन पछ्याएको नेदरल्यान्ड्सले ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओ’डोडले सर्वाधिक ७१ रन बनाए र नटआउट रहे । उनले ५३ बलमा छ चौका र तीन छक्का प्रहार गरे । श्रीलंकाली बलरमध्ये वनिन्डु हसरंगाले चार ओभरमा २८ रन दिएर तीन विकेट लिए । नेदरल्यान्ड्सका लागि अन्य कोहीले गतिलो योगदान दिन सकेनन् ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको श्रीलंकाले छ विकेटमा १ सय ६२ रन बनाएको थियो । कप्तान कुशल मेन्डिस त्यस इनिङ्सका नायक रहे र उनले ४४ बलमा ७९ रन बनाए । उनले पाँच चौका र पाँच छक्का बनाए । उनलाई छाडेर चरिथ असलन्काले ३१ रन थपे ।

सम्बन्धित् समाचार